काठमाण्डौ । चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरसको महामारीले अंग्रेजी नयाँ वर्षअघि नै चीनमा फेरि एकपटक कहर मच्चाएको छ। त्यहाँको अवस्था अनियन्त्रित देखिएको छ। 

रिपोर्टका अनुसार जिरो कोभिड नीति हटाएपछि चीनमा कोरोनाका कारण अवस्था अनियन्त्रित छ। चीनका अस्पतालहरुबाहिर लामो लाइन लाग्न थालेको छ। 

कोभिड–१९ को उत्पत्तिपछि यसका धेरै सबभेरिएन्टहरु २०२१ मा विकसित भए। यी सबभेरिएन्टमध्ये एक ओमिक्रोनको सबभेरिएन्ट बीएफ.७ हो। जसले संक्रमण छिटो फैलाइरहेको छ। 

रिपोर्टका अनुसार यो ओमिक्रानको सबभेरिएन्ट ओमिक्रोनको सबभेरिएन्ट बीएफ.७ले चीनमा विनाश मच्चाइरहेको छ। जसका कारण चीनका कार्यालय र सार्वजनिक स्थान सुनसान बनेका छन्। 

यसैबीच अस्पताल फेरि बिरामीको लामो लाइनले भरिएको छ।

लाइभ साइन्सका अनुसार ओमिक्रोनको सबभेरिएन्ट बीएफ.७ सबभेरिएन्ट बीए.५.२.१.७ को छोटो रुप हो। यो बीए.५.को उप–वंश हो। बीएफ.७ सबभेरियन्टले ओमिक्रोनको अन्य सबभेरियन्ट जस्तै– बीए.१ र बीए.२ भन्दा छिटो संक्रमण फैलाउन सक्छन्। 

बेइजिङको सियाओटाङ्शान अस्पतालका चिकित्सा विशेषज्ञ ली टोङझेङले ग्लोबल टाइम्सलाई भनेका छन् कि यो भेरियन्टमा प्रतिरक्षा प्रणालीबाट बच्ने उच्च क्षमता पनि छ। जब कोरोनाको यी सबै प्रकारले आक्रमण गर्छ शरीरको प्रतिरक्षा प्रणालीले यसलाई शरीरमा फैलिनबाट रोक्न सक्दैन।

बीएफ.७को इन्क्युबेसन पिरियड एकदमै छोटो हुने भएकाले यसले कुनै पनि व्यक्तिलाई छोटो समयमा नै संक्रमण गर्छ र यसको संक्रमण दर पनि तीव्र हुने भएकाले चीनमा कोरोनाका केस एक्कासि बढ्दै गएको चिकित्सकले बताएका छन्। 

डेल्टा भेरियन्टमा आर फ्याक्टर (प्रजनन संख्या) ५ देखि ६ रहेको छ भने ओमिक्रोन बीएफ.७ मा आर फ्याक्टर १० भन्दा बढी रहेको छ। आर कारक भनेको एक व्यक्तिले कतिजनालाई संक्रमित गर्न सक्छ भन्ने बुझिन्छ। जहाँ यो संख्या डेल्टा भेरियन्टमा ५ देखि ६ सम्म हुन्छ। जब कि ओमिक्रोनको बीएफ.७मा यो संख्या १० देखि १८ सम्म छ।

कोरोनाको ओमिक्रोनको सबभेरिएन्ट बीएफ.७ बाट संक्रमित भएपछि लक्षणहरु अन्य भेरियन्टहरू जस्तै छन्। यसमा बिरामीमा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, थकान लाग्ने, नाक बग्ने, वान्ता हुनेजस्ता लक्षण देखिएको छ।

धेरैपटक यसबाट संक्रमित व्यक्तिमा कुनै लक्षण हुँदैन अर्थात् लक्षणविहीन हुन्छन्। जसका कारण भाइरस फैलिने डर बढेको छ।

केही स्वास्थ्य विज्ञहरूले आगामी महिनाहरुमा चीनको ६० प्रतिशत र विश्वको १० प्रतिशत जनसंख्या संक्रमित हुन सक्ने अनुमान गरेका छन्। इपिडिमियोलोजिस्ट एरिक फिगेल डिङले कोरोनाको यो लहरमा १० लाखभन्दा बढी मानिस चपेटामा पर्न सक्ने आशंका व्यक्त गरेका छन्।

विश्वभर कोभिड–१९ को प्रकोप बढ्दै गएको संकेत देखिएसँगै भारत सरकार सतर्क भएको छ। भारत सरकारले मंगलबार सबै राज्यलाई कोरोना नमूनाको जीनोम सिक्वेन्सिङमा ध्यान दिन निर्देशन दिएको छ।–एजेन्सी