काठमाण्डौ । युक्रेनसँगको युद्धका कारण लगाइएको प्रतिबन्धबीच रुस चीनलाई सबैभन्दा ठूलो तेल बेच्ने मुलुक बनेको छ।
गत मे महिनामा चीनले रुसबाट खरिद गरेको तेल ५५ प्रतिशत पुगेको छ। रुसले साउदी अरेबियालाई उछिनेको छ।
कोरोना महामारीका कारण तेलको मागमा कमी र सुस्त अर्थतन्त्रका बाबजुद चीनले रुसबाट तेल खरिद बढाएको हो। गत फेब्रुअरीमा चीन र रुसले आफ्नो मित्रताको कुनै सीमा नभएको बताएका थिए।
चिनियाँ तेल कम्पनीहरुले हालैका महिनाहरुमा रुसबाट कच्चा तेल खरिद बढाएका छन्। यसमा दुई ठूला चिनियाँ कम्पनीहरु सिनोपाक र सेन्हुआ समावेश छन्। अमेरिकी प्रतिबन्धपछि रुसले तेलमा ठूलो छुट दिएको थियो।
चिनियाँ भन्सारको सामान्य प्रशासनका अनुसार गत महिना रुसबाट चीनमा कुल ८४ लाख टन तेल आयात भएको थियो। योसँगै साउदी अरब ७८ लाख टन तेल आयातका साथ दोस्रो स्थानमा छ।
मार्चमा अमेरिका र बेलायतले रुसी तेलमाथि प्रतिबन्ध लगाउने बताएका थिए। योसँगै युरोपेली संघले रुसको ग्यासमाथिको निर्भरता घटाउने बताएको थियो।
अमेरिकी राष्ट्रपतिले तेल बिक्रीमा प्रतिबन्धले रुसको अर्थतन्त्रको मेरुदण्डमा चोट पुग्ने बताएका थिए। तेल निर्यात रुसको आयको मुख्य स्रोत हो। तर रुसी तेलमाथिको प्रतिबन्धले पश्चिमी देशहरुलाई पनि असर गर्ने देखिन्छ। –एजेन्सी
24 minutes ago
33 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
13 hours ago
13 hours ago
14 hours ago