काठमाण्डौ । विगत केही महिनादेखि क्रिप्टोकरेन्सीको भाउ लगातार घटिरहेको छ। धेरै लोकप्रिय क्रिप्टोहरुमा भारी गिरावट आएको छ। 

यसैबीच हङकङले क्रिप्टोकरेन्सीलाई वैधानिकता दिने विचार गरिरहेको छ। आगामी दिनमा वैधानिकता दिइएमा हङकङका मानिसले क्रिप्टोकरन्सीमा कारोबार गर्न सक्नेछन्।

हङकङले एसियामा क्रिप्टोकरेन्सीको हब बन्नका लागि मास्टर प्लान तयार गरेको छ। जसअन्तर्गत क्रिप्टोकरन्सीमा खुद्रा व्यापारलाई अनुमति दिने तयारी गरिएको छ। त्यसपछि मानिसहरुले डिजिटल सम्पत्तिका रूपमा क्रिप्टो किन्न र बेच्न सक्षम हुनेछन्।

हङकङ सरकारले सोमबार यस्तो निर्णय गरेको हो। जनताको पहुँचमा कसरी सहज बनाउने र त्यसमा छिटै काम गरिने सरकारले जनाएको छ। 

यसका साथै विश्वभरका ग्लोबल क्रिप्टो एक्सचेन्जहरुलाई व्यापारका लागि आमन्त्रित गरिएको छ। नयाँ भर्चुअल एसेट लाइसेन्सिङ नियममा पनि हङकङ सरकारले काम गरिरहेको छ। 

हङकङले क्रिप्टोकरेन्सीका बारेमा यति ठूलो निर्णय गरेको छ। यसविपरीत क्रिप्टो चीनमा पूर्ण रूपमा प्रतिबन्धित छ। 

विश्वमा क्रिप्टोकरेन्सीमा सबैभन्दा धेरै नयाँ लगानीकर्ता भारत, ब्राजिल र हङकङका छन्। 

हङकङको वित्तीय सेवा र ट्रेजरी ब्युरोले सोमबार प्राविधिक सम्मेलनमा यो योजना घोषणा गरेको हो। कोभिडभन्दा पहिले विश्वभरबाट ठूलो संख्यामा मानिसहरु हङकङ जाने गर्थे। तर, महामारीका कारण पर्यटकको संख्यामा ठूलो गिरावट आएको छ। त्यसैले क्रिप्टोपछाडिको आर्थिक निर्णयलाई पनि जोडिएको छ।

हाल खुद्रा लगानीकर्ताहरुले बिना लाइसेन्स एक्सचेन्जहरु जस्तै– बाइनान्समा क्रिप्टो व्यापार गर्न सक्छन्। तर, भीएएसपी प्रणाली लागू भएपछि त्यसपछि मात्र भीएएसपी लाइसेन्स प्राप्त एक्सचेन्जहरुले कुनै पनि क्रिप्टो सेवाहरु प्रस्ताव गर्न सक्नेछन्। तिनीहरुमध्ये केहीले खुद्रा लगानीकर्तालाई क्रिप्टो सेवाहरु पनि प्रस्ताव गर्न सक्नेछन्। –एजेन्सी