काठमाण्डौ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप सोमबार बिहान काठमाण्डौ आइपुगेको छ।

चीन सरकारले कोभिडविरुद्धको ‘भेरासेल’ खोपको ८ लाख डोज नेपाललाई अनुदानमा उपलब्ध गराएको हो। सोही खोप नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट काठमाण्डौ ल्याइएको हो। खोप लिन नेपाल एयरलाइन्सको जहाज हिजो अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो। 

चीनले अनुदानमा दिएको खोप विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी छन्। 

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको यो खोप दुई मात्रा लगाउनुपर्छ। यसलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ। 

यसअघि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो।