काठमाण्डौ । युरोपेली युनियन (ईयू)ले विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरुलाई चीनले दिएको सहुलियतबारे छानबिन गर्ने भएको छ।
चीनले कार कम्पनीलाई दिएको ठूलो सहुलियतका कारण युरोपेली कम्पनीहरुले घाटा व्यहोर्नुपरेको ईयूले जनाएको छ। ईयूका अध्यक्ष उर्सुला भोन डेर लियनले भने, ‘विश्व बजार चीनका सस्तो इलेक्ट्रिक कारहरुले भरिएको छ। चीनले ती कम्पनीहरुलाई सहुलियत दिएर तिनीहरुको मूल्य धेरै कम राख्छ। यसले हाम्रो बजारलाई बर्बाद गरिरहेको छ।’
‘हामी चीनबाट आएको यो अनुदानको छानबिन गर्नेछौँ’, अध्यक्ष लियनले भने, ‘हामी हाम्रो बजारलाई यसरी विकृत गर्न स्वीकार गर्दैनौँ।’
दुई अर्थतन्त्रबीचको व्यापार युद्धबाट बच्न एक दशकअघि ईयूले चिनियाँ सौर्य प्यानलको निरीक्षण गरेको थिएन। सहुलियतविरोधी अनुसन्धानले टेस्ला, रेनो र बीएमडब्ल्यूजस्ता गैरचिनियाँ ब्रान्डसहित चिनियाँ ब्याट्रीहरुद्वारा सञ्चालित कारहरुलाई समेट्नेछ।
यो कदम फ्रान्सका लागि जित हो। भर्खरै चीनको ‘संरक्षणवाद’ को सामना गर्न तयार नभएको खण्डमा ग्रीन ट्रान्जिसनको यात्रामा युरोप पछाडि पर्ने भन्दै फ्रान्सले चिन्ता व्यक्त गरेको थियो। –एजेन्सी
16 minutes ago
26 minutes ago
45 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago