काठमाण्डौ । चीन र ताइवानबीचको दशकौँदेखि चलिरहेको तनाव विगत केही दिनदेखि चरम सीमामा पुगेको छ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको भर्खरैको ताइवान भ्रमणले फेरि संकट बढाएको छ। यो भ्रमणको खबर बाहिर आएपछि चीनले लगातार चेतावनी दिँदै आएको र अहिले ताइवानको खाडीमा युद्धको सुरुआत होला कि भन्ने डर बढेको छ।
यी सबै घटनाक्रमका बीचमा अर्को चिन्ताले विश्वलाई सताएको छ। पहिले नै अटो उद्योगदेखि स्मार्टफोन उद्योगसम्मले चिपको अभावबाट समस्यामा छन्। यदि ताइवानको अवस्था बिग्रियो यो संकट अझ गम्भीर बन्न सक्ने देखिएको छ। किनकि यो सानो देश सेमिकन्डक्टरको मामिलामा विश्वको कारखाना हो।
यसरी भएको थियो सेमिकन्डक्टर क्रान्तिको सुरुआत
सेमीकन्डक्टरको मामलामा ताइवानको उदय सन् १९८५ मा सुरु भयो। ताइवानको सरकारले मोरिस चाङलाई आफ्नो देशमा उदीयमान सेमीकन्डक्टर उद्योगको विकासको खाका तयार गर्न जिम्मेवारी दिएको थियो। त्यसपछि सन् १९८७ मा ताइवान सरकारले मोरिस चाङ, चाङ चुन मोई र सेङ फ्यान चेङले मिलेर ‘ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी–टीएसएमसी’ स्थापना गरे। आज यो संसारको सबैभन्दा ठूलो सेमिकन्डक्टर कम्पनी हो। सेमिकन्डक्टरको मामिलामा यो कम्पनीको प्रभुत्व यस तथ्यबाट अनुमान गर्न सकिन्छ कि टीएसएमसी ले कुनै समय विश्वव्यापी बजारको मागको ९२ प्रतिशत पूरा गरिरहेको छ। योसँगै दोस्रो स्थानमा रहेको दक्षिण कोरियाली कम्पनी सामसुङको सेयर ८ प्रतिशतमा मात्र सीमित भएको छ।
विश्वका ठूला कम्पनीहरु ताइवानमा निर्भर
सन् २०२० मा कोरोना महामारी सुरु भएपछि ताइवानको सेमिकन्डक्टर उद्योग नराम्ररी प्रभावित भएको थियो। तर, त्यसपछि पनि सेमिकन्डक्टर उद्योगमा ताइवानको प्रभुत्व कायमै छ। ताइपेईस्थित अनुसन्धान फर्म ट्रेन्डफोर्सको तथ्यांक अनुसार सन् २०२० मा सेमिकन्डक्टर उद्योगको कुल विश्वव्यापी राजस्वको ६० प्रतिशतभन्दा बढी ताइवानी कम्पनीहरुले ओगटेका छन्। यसमा टीएसएमसीको सबैभन्दा बढी योगदान छ।
टीएसएमसी अझै पनि संसारको सबैभन्दा ठूलो सेमिकन्डक्टर कम्पनी हो। एप्पल, माइक्रोसफ्ट, सोनी, यामाह, पानासोनिक, क्वाकमजस्ता दिग्गज कम्पनीहरु टीएसएमसीका ग्राहक हुन्।
केमा प्रयोग हुन्छ सेमीकन्डक्टर ?
इलेक्ट्रोनिक्स, कम्प्युटर, स्मार्टफोन, कार सेन्सरहरुमा सेमिकन्डक्टरहरु व्यापक रुपमा प्रयोग गरिन्छ। डिजाइन कम्पनीहरुदेखि निर्माण कम्पनीहरुसम्मका लागि सेमिकन्डक्टर उत्पादन एक जटिल कार्य हो। यसबाहेक सेमिकन्डक्टर उद्योगको नेटवर्कमा सामग्री र मेसिनरी आपूर्ति गर्न प्रविधि आपूर्ति गर्ने कम्पनीहरु समावेश छन्। ताइवानको अग्रणी सेमिकन्डक्टर कम्पनी टीएसएमसी मुख्यतया उत्पादनमा केन्द्रित छ। टीएसएमसीको महत्व यो तथ्यबाट पनि बुझ्न सकिन्छ कि यो सामसुङसँगै संसारको सबैभन्दा उन्नत ५–न्यानोमिटर चिप्स उत्पादन गर्ने दुईमध्ये एक हो।
सेमिकन्डक्टरको मामिलामा चीन धेरै पछाडि
सेमिकन्डक्टरको क्षेत्रमा चीन ताइवानभन्दा धेरै पछाडि छ। ताइवानको टीएसएमसी सन् २०२० मा राजस्वको हिसाबले पहिलो स्थानमा थियो। दोस्रो नम्बरमा पनि ताइवानको अर्को कम्पनी यूएमसीले कब्जा गरेको थियो। दक्षिण कोरियाको कम्पनी सामसुङ तेस्रो स्थानमा छ। त्यसपछि चौथो स्थानमा अमेरिकी कम्पनी ग्लोबल फाउन्ड्रिज रह्यो। चिनियाँ कम्पनी एसएमआईसी सेमिकन्डक्टर उद्योगमा ५ औँ स्थानमा छ। –एजेन्सी
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago