काठमाण्डौ । चीनमा फेरि कोरोनाभाइरस संक्रमणको मामिला बढ्न थालेको छ। कोरोना संक्रमण फैलिनुको मुख्य कारण डेल्टा भेरियन्टलाई लिइएको छ।

चीनका सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार पछिल्लो एक सातामा चीनका ११ प्रान्तमा कोरोना संक्रमण फेरि फैलिन थालेको छ। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार डेल्टा भेरियन्टबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ। 

चीनका केही महामारी रोग विशेषज्ञहरु यो वर्ष डेल्टा भेरियन्ट सन् २०२० मा वुहानमा फैलिएको कोरोना संक्रमणपछि सबैभन्दा खतरनाक संक्रमण हुन सक्ने बताउँछन्। 

पछिल्लो एक सातामा चीनमा कोरोनाबाट १३३ जना संक्रमित भएका छन्। तीमध्ये १०६ जना दोस्रो देशबाट आउनेहरु रहेका छन्।
गत अक्टोर १७ पछि चीनका ११ प्रान्तमा घरेलु संक्रमणको मामिला पनि बढ्दै गएको बताइएको छ। –एजेन्सी