काठमाण्डौ । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रुपमा निराशाजनक परिणाम आएपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका हुन्। ‘निर्वाचनमा जस्तो परिणाम आयो, त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्ष पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको छु’, मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म पार्टीको साधारण सदस्य भने रहिरहनेछु।’
मिश्र पहिले पार्टीको संयोजक थिए। पछि उनी अध्यक्षका भूमिकामा रहेका थिए। ‘हाम्रा उम्मेदवारहरु इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रुपमा मैले लिनुपर्छ’, उनले विज्ञप्तिमा भनेका छन्।
बाराको फेटा गाउँपालिका र त्यहाँको दुईवटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय त्यस क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जाने पनि मिश्रले उल्लेख गरेका छन्। ‘मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु’, उनले भनेका छन्।
गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य तथा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकप्रतिले मिश्रले आभार प्रकट गरेका छन्।
34 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago