काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्समा कर, राजश्व तथा भन्सार समिति गठन गरिएको छ। 

चेम्बर कार्यसमिति सदस्य पर्शुराम दाहालको सभापतित्वमा कर, राजश्व तथा भन्सार समिति गठन गरिएको हो। समितिको सहसभापतिमा टीकाराम शर्मा ढुंगेल र मदनलाल मित्तल तथा सदस्यहरुमा क्रमशः नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल शिशिर गौतम, नरेन्द्रकुमार गुप्ता,  राजीव पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सीताराम अग्रवाल र प्रभु अधिकारी मनोनयन भएका छन्।

एक कार्यक्रमबीच चेम्बर अध्यक्ष राजेन्द मल्लले मनोनित सबैलाई मनोनयनपत्र प्रदान गरेका छन्। मल्लले कर, राजश्व तथा भन्सार क्षेत्रसँग आबद्ध सबै निकायहरु लाग्नुपर्नेमा जोड दिँदै समितिमा नेपालको कर, राजश्व तथा भन्सार क्षेत्रमा लामो अनुभव हासिल गरेकाहरुको प्रतिनिधित्व भएकोले चेम्बरको कर, राजश्व तथा भन्सार क्षेत्रका सम्भाव्य नीति निर्णय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताए। 

कार्यक्रममा चेम्बरका उपाध्यक्ष दीपक श्रेष्ठ र उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठको पनि उपस्थिति थियो।