काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विदाको समयमा पनि आर्थिक एवं वितीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्ने माग राखेको छ । 

चेम्वरले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जात्रा र पर्वका नाममा धेरै विदाहरु दिंदा आर्थिक क्षेत्र नै प्रभावित हुन थालेको जनाएको छ । 

चेम्बरले संस्कृति,  जात्रा र पर्वहरुमा सार्वजनिक विदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको जनाएको छ । 

व्यापार घाटाले मुलुक आक्रान्त बनेको बेला सरकारी कामका सेवाग्राही मात्रै पीडित नभई मुलुकको अर्थतन्त्र नै डामाडोलको अवस्था पुगेको विज्ञप्तिमा उल्लेख छ । यसबारे चेम्वरले बारम्बार ध्यानाकर्षण गराउँंदै गएको भए पनि सरकारले वास्ता नगरेको भन्दै विदाहरु दिंदा आर्थिक एवं वितीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्ने माग राखेको हो । 

सरकारले शुक्रबार पनि छठको आकस्मिक विदा घोषणा गरेको थियो ।