काठमाण्डौ । चैत महिना लागेयता बैंकिङ प्रणालीमा २३ अर्ब रुपैयाँ बढेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ। गत फागुन ३० गतेसम्म कुल निक्षेप ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो। यस हिसाबले यो अवधिमा २३ अर्ब रुपैयाँले निक्षेप बढेको छ। 

वाणिज्य बैंकहरुमा यो अवधिमा निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ। गत फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा चैत २२ गतेसम्म बढेर ४७ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। 

बैंक तथा वित्तीय संस्था कर्जा लगानी पनि यो अवधिमा ६ अर्ब रुपैयाँले बढेको छ। चैत २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ। गत फागुन ३० गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो। 

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ। गत फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा चैत २२ गतेसम्म बढेर ४२ खर्ब ७९ अर्ब रुपैयाँमा झरेको छ। 

बैंकहरु औसत सीडी रेसियो भने चैत २२ गतेसम्म घटेर ८५.४३ प्रतिशत रहेको छ। गत फागुन ३० गतेसम्म औसत सीडी रेसियो ८५.६० प्रतिशत थियो। 
चैत २२ गते अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत रहेको छ।