काठमाण्डौ । हालसम्मकै सबैभन्दा राम्रो कमाई गर्न सफल सर्वाधिक चर्चित नेपाली चलचित्र छक्कापञ्जा अब यूट्यूबमै हेर्न पाइने भएको छ । 

शुक्रबारदेखि यो चलचित्रलाई आधिकारिक रुपमा यूट्यूूबमा राखिएको हो । छक्का पन्जा पाइरेसीको चपेटामा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारिक रुपमा फिल्म युट्युवमा अपलोड गर्ने बताएका थिए । उनले यस्तो बताएको १२ घण्टा नबित्दै चलचित्र युट्युवमा आधिकारिक अपलोड भएको हो । 

युट्यूूवमा अपलोड हुनुभन्दाअघि नै फेसबुकमा सार्वजनिक गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले बताएका छन् । चलचित्रको डिजिटल राइट्स हाइलाइट्स नेपालले किनेको छ ।