-धनकुमार राई
कुरा अनलाइनको ढिलाइले पनि कारोबारलाई असर गरेको भन्ने हो, अनलाईनले लगानीकर्ताहरुलाई आफ्नो सहुलियतमा कारोबारको अवसर प्रदान गर्नु नै धेरै भन्दा धेरै कारोबारमा सहभागिता जनाउन सकिने अवसर पनि भएकोले जति धेरै सहभागी बन्यो त्यति नै बजार फुर्तिलो र जीवन्त बन्ने हुन्छ र फूर्तिलो बजार सबैको लागि राम्रो हुनेछ । 

तर, सरकार र सरकारी निकायहरुको विकासप्रतिको अकर्मण्यताका कारण र प्रविधिको ज्ञान नहुनुले अनलाईनलाई यति धेरै जटिल बनाइरहेको छ । बजारको स्वरुप कस्तो हुनुपर्ने हो ? विकसित स्टक बजारका अनलाईनबाट प्राप्त हुने सुविधाहरु र विशिष्टताहरु के हुन् र के विकास गर्दा सो सुविधा र विशिष्टता प्राप्त हुन्छ भन्ने थाहा नभएकै कारण सूचना प्रविधिको यस्तो नवीन प्रयोगहरुले विशिष्टता हासिल भइरहेको अवस्थामा पनि सरकार र एक्सचेञ्जले अनलाईनलाई यति धेरै जटिल विषय बनाइरहेको देखिन्छ । 

विश्वको कुरै नगरी नजिकका छिमेकी देशहरु, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानलाई नै लिँदा पनि अनलाईन कारोबार नेपालको जस्तो कठीन भएन । यहाँसम्म आइपुग्दा त अनलाईन प्रविधि त सजिलै प्रतिस्थापित हुनुपर्ने हो, तर त्यसो हुन सकेन । आखिर समस्या कहाँनिर छ ? खोजी आवश्यक छ ।

हामीकहाँ त प्रमाणित टेक्नोलोजीको उपयोग गरिएको छ, तर त्यो पनि नसक्नु चाहि अकर्मण्यताको पराकाष्ठा नै हो । सम्बद्ध निकायहरुको इच्छा शक्ति नहुँदा पनि यस्तो समस्या आएको हो कि भन्ने अनुमान गलत हुनेछैन ।

तर, अन्ततः ब्यक्तिगत स्वार्थलाई जितेर अनलाईन सफल बन्ने नै छ र अनलाईनको उपयोगले पक्कै पनि कारोबारलाई परिस्कृत र प्रतिस्पर्धात्मक बनाउने नै छ ।

प्रविधिको प्रयोगलाई हेर्ने हो भने आज भन्दा १८ वर्ष पहिलेदेखि नेपालमा अनलाइन कारोबार भएको पाइन्छ । सन्दर्भ अनलाईनको उस्तै उस्तै प्रविधि उपयोगको हो र यो कमोडिटी एक्सचेञ्ज र ६-७ भन्दा धेरै अनलाइन कारोबार गर्ने एक्सचेञ्जहरु स्थापना भई अनलाईन कारोबार गराई आज धितोपत्र बोर्डमा नियमन पश्चात स्वीकृतिका लागि थन्किएका छन् । सन २०१५ तिरको कुरा हो, एउटा कमोडिटि एक्सचेञ्जले आफ्नो सफ्टवेयर मार्फत स्टकको कारोबार गराएर अनलाइन कारोबारको सम्भावनालाई देखाइदिएकै थियोे । 
 

नेपाली मिडिया र स्टक बजारको सम्बन्धः 
खरिदकर्ता र बिक्रीकर्ताले खरिद या बिक्री गरेका कारणले मात्र स्टक बजार चलिरहेको हुँदैन । यसको अर्थ कारोबारीको निर्णय गर्ने क्षमतालाई बाध्यकारी र प्रभावित गर्ने अन्य कारणहरु जस्तै, आवेग, भिडको हल्ला, अञ्जानपन आदि रहिरन्छन नै । 

यसै सन्दर्भमा, सञ्चारमाध्यमको समाचार र लेखले बजारको कारोबारीहरुको बीचमा लगानीकर्ताहरुको आवेग र आम भावनालाई प्रभावित गर्नमा महत्वपूर्ण भूमिका निभाइरहेको हुन्छ । यसरी आम लगानीकर्ताहरुले भिडको विचार अनुसार आफ्नो पनि विचार प्रभावित बनाई लगानी प्रभावितको खेल पनि भइरहेकै हुन्छ । 

यसरी हामी सञ्चारमाध्यमले नै लगानीकर्ताहरुको लगानीपूर्वको निर्णयलाई प्रभावित बनाइरहेकोे हुन्छ, भन्न सक्छौ । भिडको मनोविज्ञानलाई प्रभावित गर्ने प्रकारका सञ्चारमाध्यमा प्रकाशित सूचना तथा समाचारहरुले कम्पनीहरुले प्रकाशित गर्ने वित्तिय सूचना तथा आधारभूत संकेतहरुले भन्दा धेरै प्रभावित गरेको पाइन्छ भने हाम्रो बजार पनि त्यो भन्दा अछुतो रहन सकेको छैन ।  

कुनै पनि कम्पनी या कम्पनीको प्रदर्शनभन्दा पनि आम जनमानसमा फैलिएको मिडिया कभरेज र भिडको हल्लाले लगानीकर्तालाई बढी असर गरिरहेको देखिएको छ । र, त्यही हल्लाको भरमा तथ्यगत भन्दा अलग्गै लगानीको आकर्षण पनि बनाइरहेको पाइन्छ ।  

हाम्रो नेपाली बजारमा नेपाली मिडिया टोनले पनि लगानीकर्ताहरुको निर्णय गर्ने क्षमतामा असर गरिरहेको देखियो । जस्तैः फेसबुक ट्वीटर टोन, जहाँ ब्यक्तिगत या संस्थागत स्वार्थप्रेरित कभरेजहरुले लगानीकर्ताहरुलाई संज्ञानात्मक प्रभावित गरिरहेकै देखिन्छ । जुन फेसबुक, ट्वीटर तथा मिडियामार्फत आम लगानीकर्ताहरुलाई इम्प्रेशन फर्मेशनको तरिका प्रयोगले आम लगानीकर्ताहरु फसाइरहेको देख्न सकिन्छ ।  

बजार सूसूचित समूह तथा ब्यक्तिहरुको लागि मात्रै हो भनिन्छ, तर यहाँ त सबै जनाले पैसा कमाई गर्नलाई स्टक बजारको प्रयोग गरेको देखिन्छ । बजारको विकासको आधारहरुलाई ठम्याउन नसक्नेहरु प्राय भिडकै हल्लाको भरमा लगानी गर्ने चलन छ । यसरी मिडिया सेन्टिमेन्ट र बजारको प्रतिक्रियाको बीचमा परस्पर सम्बन्ध बनेको देखिन्छ । हालैको फेसबुकमा या इन्टरनेटमा प्राप्त सूचकांक ९०० मा आउने हल्लाको डर लगानीकर्ताहरुमा रहेको कारण लेखकलाई आक्रमण गरेको देखियो । यी सबैलाई हेर्दा भीडको ब्यवहारले तर्कसंगत कारोबारको नियमलाई हेपेको देखिन्छ ।

यहाँ बजारको लेख देखावटीभन्दा पनि सूसूचित गर्ने खालको हुनुपर्ने हो, तर सबैजसो लेखावटी टोन नै देखावटी भएकोले आम लगानीकर्ताहरु यसबाट असमञ्जस्यताको बन्दी बनेको देख्न सकिन्छ र सञ्चारमाध्यमहरुले पनि स्टक बजारको विकास, सम्भावना, तथ्यमा आधारित मिडिया कभरेज गर्न जरुरी देखिन्छ । नेपालमा भएका सबै सञ्चारमाध्यमहरुले स्टकको एउटै कुरा गरेकै देखिन्छ । तर एकै कुरो या समाचारको पनि टोन फरक पाइन्छ, स्वतः आम लगानीकर्ताहरुलाई धोका भइरहेकै देखिन्छ । 

विश्व बजारमा या भारतमै पनि स्टकको कुरा गर्ने र लेख्ने चुनिंदा माध्यमहरु हुन्छन् र तिनीहरुलाई मात्र आधिकारिक लिइन्छ, तर यहाँ त किराना पसलमा सबै सामान पाएजस्तै भएका सबै मिडियाले स्टकबजार लेख्नैपर्ने अनि प्रायः लगानीकर्ताहरु सबै मिडियाको लेखलाई हेर्नै पर्ने । यसरी जसरी प्रभावित हुनुपर्ने हो, जुन आधिकारिक तथ्यमा प्रभावित हुनुपर्ने हो, त्यो नभएर नै बजार बढ्ने बेला पनि बढ्न समय लगाइरहेको सार बनाउन सकिन्छ । 

सुझावः बजार घटिरहँदा के गर्दा राम्रो ?

  • जब बजारमा अन्य लगानीकर्ताहरु डराइरहेका हुन्छन्, लोभ गर्न थाल्नु । 
  • बजार घटेर सत्यानाश बनायो भन्ने धारणा नबनाउनु, नआत्तिनु, ।
  • केही समयलाई पत्रपत्रिका र अरुको कुरा नसुन्नु र सम्हालिनु ।
  • लामो समयका लागि सोच्नु र निम्नस्तरको मूल्यमा खारिददारी जारी राख्नु, किन कि डाउनट्रेण्ड सधैंभरिलाई हँुदैन ।

बजारको साप्ताहिक प्राविधिक विश्लेषण:

आउने साताका लागि प्राविधिक संकेतहरु कमजोर नै देखिएसँगै प्राविधिक पिभोट र डि–मार्कसको गणितअनुसार आउने साता बजार संकुचित सीमाबाट बाहिर आउने प्रयासस्वरुप धेरै तल आएमा ११३३ देखि कम्तीमा पनि ११८१ बिन्दु भित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

Weekly Pivot Table

(Based on Last Trading day of Previous Week)

Support1: 1136.94

Weekly Nepse Close – 1148.36

Resistant1: 1171.05

Support2: 1125.52

Weekly Pivot : 1159.63

Resistant2: 1193.74

Support3: 1102.83

Trending - Down

Resistant3: 1205.16

Weekly Anticipations (दैनिक स्वैप क्षेत्र: 1148/1133 TO 1181/1205)

बजारले गत साता –३२.८८ अकले घटेर कमजोरीको संकेतसहित वियरिस क्याण्डल बनाउन पुगेकोे छ भने कारोबार रकममा पनि गत साताको कारोबार भन्दा केही सुधारसहित १ अर्ब ५० करोडको कारोबार रेकर्ड गरिएको छ । 

यसरी कारोबारी गणितले नेप्से सुचकांक Weekly Pivotal line भन्दा कमजोर गणनासँगै आउने साताको लागि नकारात्मक नै देखियो । यो आउने साता पनि प्राविधिक सेटअप अनुसार बजारले साँघुरो र सीमित रेञ्ज भन्दा बाहिर आउने प्रयास स्वरुप कारोबार गर्ने सम्भावना भएकोले खरिदकर्ताहरुको नेतृत्वदायी प्रदर्शन आवश्यक रहेको र यो साता मनोवैज्ञानिक बिन्दु ११५० भन्दा माथि स्थिर हुन आवश्यक देखिन्छ ।