काठमाण्डौ । पछिल्ला केही महिनादेखि आफ्ना छिमेकी देशहरुसँगको सम्बन्धमा तनावको सामना गरिरहेको भारतको भुुटानसँगको सम्बन्धमा पनि बिग्रिन थालेको छ।
नेपालसहित चीन, बंगलादेश र पाकिस्तानसँगको सम्बन्ध कमजोर बनेका बेला भुटान पनि यो सूचीमा समावेश भएको भारतीय मिडियाहरुले जनाएका छन्। भुटानले केही महिना अघिमात्रै भारतीय पर्यटकलाई भुटान प्रवेश गर्दा थप १ हजार रुपैयाँ शुल्क बढाउने घोषणा गरेको थियो। अब यतिबेला भुटानले भारत जाने पानी रोकेपछि भारतको आसाम राज्यको बक्सा जिल्लाका किसानहरु मर्कामा परेको भारतीय सञ्चार माध्यम आजतकले लेखेको छ।
कोरोनाका कारण विदेशी आगन्तुकलाई भुटान प्रवेशमा रोक लगाएको भुटानले भारतीय किसानहरुलाई आफ्नो देशबाट बग्ने नदीहरुको पानी प्रयोग गर्न रोक लगाएको दाबी गरिएको छ। समाचारका अनुसार बक्सा जिल्लाका २६ भन्दा बढी गाउँका करिब ६ हजार किसानहरु सिँचाइका लागि भुटानबाट बग्ने पानीमा निर्भर रहँदै आएका छन्।
सन् १९५३ देखि भारतका स्थानीय किसानहरु भुटानको पानीको स्रोतको सहायताले खेती गर्दै आइरहेका छन् र अहिले एक्कासि पानी रोकिँदा भारतीय किसानहरु आक्रोशित बनेको बताइएको छ।
बक्सा जिल्लाका किसान र नागरिक समाजका सदस्यहरुले भुटानले पानी रोकेको विषयको विरोध गर्दे रोंगिया–भुटान सडक अवरुद्ध गरेका छन्। प्रदर्शनकारीहरुले केन्द्र सरकारलाई भुटान सरकारसँग यस विषयमा कुराकानी गरेर समस्याको हल गर्न आग्रह गरेका छन्।
प्रत्येक वर्ष यही समयमा भारतीय किसानहरु भारत–भुटान सीमामा पर्ने समद्वप जोंगखार इलाकामा प्रवेश गरेर काला नदीको पानी आफ्नो खेतमा ल्याउने गर्दथे। तर यो वर्ष कोरोना महामारीका कारण भुटान सरकारले भारतीय किसानहरुलाई प्रवेशमा रोक लगाएका छन्। जसका कारण भारतीय किसानहले आफ्नो खेतमा पानी लैजान पाएका छैनन्। – एजेन्सी
12 minutes ago
12 hours ago
12 hours ago
12 hours ago
17 hours ago
17 hours ago
17 hours ago
17 hours ago
17 hours ago
17 hours ago