काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
संस्थाले समीक्षा अवधिमा ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११.५६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४९ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो।
यो अवधिमा संस्थाले ७९ करोड ७८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा ७१ करोड १९ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको थियो। सञ्चालन मुनाफा पनि १२.०७ प्रतिशतले बढेको छ।
दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी २८.१३ प्रतिशतले बढेर १ अर्ब ४३ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको यस्तो आम्दानी १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले २९ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ५३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २७ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार २.०३ प्रतिशतले बढाउँदै २ अर्ब २८ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २ अर्ब २८ करोड रुपैयाँ रहेको थियो।
संस्थाकोे खराब कर्जा (एनपीएल) घटेर ०.९४ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा एनपीएल १ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ४७.८५ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ४२.८९ रुपैयाँ रहेको थियो।
पीई रेसियो २५.७२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २७३.७० रुपैयाँ र तरलता अनुपात ३.६९ प्रतिशत रहेको छ।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago