काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।
काठमाण्डौको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २५.२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश (करसहित) छन्।
सभाले संस्थाको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि स्वीकृत गरेको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago