काठमाण्डौ । नेपाल बैंक लिमीटेडले आज(बिहीबार)देखि १०० बराबर २३.७४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । 

नेपाल बैंक लिमीटेडका सेयरधनीले हकप्रदका लागि बैशाख ७ देखि जेठ १० सम्म तोकिएका केन्द्रमा गएर आवेदन दिनसक्नेछन् । 

नेपाल बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता सेयर निश्कासन गरेको हो । २३.७४ प्रतिशत हकप्रदका लागि चैत २९ गतेलाई बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ चैत २८ गतेसम्म बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । 

सिभिल क्यापिटल मार्केट्स लिमीटेड नेपाल बैंकको हकप्रदको बिक्री प्रबन्धक रहेको छ । 

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रहेको छ । हकप्रदको पूँजीकरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब ४ करोडको उचाईमा पुुग्नेछ। यो बैंकको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ। 

इच्छुक सेयरधनीले काठमाण्डौको सुन्धारास्थित सीटीसी मलमा रहेको सिभिल क्यापिटल मार्केट्स लिमीटेडको मुख्य कार्यालय र नेपाल बैंकका सबै शाखा कार्यालयहरुबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।