काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले ५ वर्ष पूरा गरी पाँचौँ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ। 

मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० वटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालीन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीव्रगतिमा अगाडि बढेको छ। आर्थिक वर्ष २०७८–७९ मा मेगा क्यापिटल २४.५ प्रतिशत वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ। मेगा क्यापिटलले हालसम्म करिब १ लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहीबाट करिब ६८ करोडको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ।

मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाका रुपमा सेवाग्राही तथा आबद्घ लगानीकर्तालाई वित्तीय समस्या हल गर्न परिणाममूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ क्षेत्रमा नयाँ आयाम थपेको छ। 

त्यसैगरी नयाँ कामका रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिदबिक्री गर्ने इच्छा भएकालाई सहजीकरण गर्दै आएको छ। विभिन्न कम्पनीसँग आईपीओ र अन्डरराइटिङ सम्झौता पनि भएको छ।

अत्याधुनिक प्रणालीको व्यावसायिक उपभोग गर्ने रणनीतिअनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने र लगानी व्यवस्थापन सेवासमेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ।

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटोछरितो बनाई ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौ उपत्यकाबाहिर पोखरा, बुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको छ।

मेगा क्यापिटललाई आजको अवस्थामा पुर्याउन सहयोग गर्ने मेगा बैंक नेपाल लिमिटेडका संस्थापक सेवाग्राही र सेयरधनी, मेगा बैंकलगायत सम्पूर्ण सरोकारवाला र शुभ चिन्तकहरुमा आइरहेको विजयादशमी, दीपावली, छठपर्व र नेपाल संवतका अवसरमा कम्पनीका सीईओ सबिर बादे श्रेष्ठले विशेष शुभकामना दिएका छन्। आगामी दिनमा समेत गुणस्तरीय सेवा दिने प्रतिबद्घता उनले व्यक्त गरेका छन्।