काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले छ्याङ्दी हाइड्रोपावर लिमिटेडलाई रेटिङ प्रदान गरेको छ।

इक्रा नेपालले यो कम्पनीलाई (इक्रा–आईआर) बीबी निष्कासनकर्ता रेट्रि प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जनाएको छ।