काठमाण्डौ । बुटवलमा मुख्य कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृत लगायतका केही पदका लागि दर्जन बढी कर्मचारी मागेको छ । 

यो लघुवित्त संस्थाले बिहीबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी कर्मचारी मागेको हो । 

बैंकले नायव प्रमुख कार्यकारी अधिकृत, प्रबन्धक, कनिष्ठ अधिकृत(आन्तरिक लेखा परीक्षक) पदमा एक एक जना कर्मचारी मागेको छ । यस्तै, केही कनिष्ठ अधिकृत, वरिष्ठ सहायक तथा कनिष्ठ सहायक, प्रशिक्षार्थी सहायक र स्वयम्सेवक समेत केही मागेको छ । इच्छुकले अबको १५ दिनभित्र आवेदन दिइसक्नुुपर्ने सूचनामा उल्लेख छ । 

यो लघुवित्त विकास बैंकले तराईका कञ्चनपुरदेखि पर्सासम्मका १० र पहाडका ५ गरी १५ जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ । कुल २४ शाखाबाट लघुवित्त सेवा प्रवाह गरिरहेको यो बैंक पर्सा, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, दांग, सल्यान, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बिस्तारित छ ।