काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २)०७८–७९का लागि सञ्चित मुनाफा तथा मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख ५४ हजार ५७९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १५ प्रतिशतले हुन आउने २ करोड २१ लाख ८५ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ११ लाख ६७ हजार ६७९ रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले बोनस सेयर वितरणपछि संस्थाको जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त गाभ्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरुको पहिचान गर्न र आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रियस्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो चैत १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
21 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago