काठमाण्डौ । देशका ११ उपमहानगरपालिकामध्ये जनकपुरधाम उपमहानगरपालिका मतगणना सुरु गर्ने पहिलो उपमहानगरपालिका बनेको छ । 

यो उपमहानगरपालिकाको सुरुवाती मतगणनामा नेपाली कांग्रेसका विद्रोही उम्मेद्वारले अग्रता लिएका छन् । 

बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको क्रममा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साहले ३९ मतसहित अग्रता लिएका हुन् । 

अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १० मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ७ मत पाएका छन् । 

एमालेका शिवशंकर साह हिराले ७ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज साहले ३ र गठबन्धनको तर्फबाट जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहले ३ मत पाएका छन् ।