काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा आवेदनको वर्षा भएको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार जनरल इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख २० हजार ५१८ जनाको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि निश्कासन गरेको २७ लाख ५० कित्ताका लागि २ करोड २७ लाख २७ हजार ५६० कित्ताका आवेदन परेको सीडीएससीको भनाइ छ ।

उक्त आवेदन अन्तिम तथ्यांक भए तापनि घटबढ हुन सक्छ । एकै व्यक्तिले एकभन्दा बढीले आवेदन दिएमा र निजको बैंक खातामा पर्याप्त रकम अपुग भएमा आवेदन रद्ध हुन्छ । 

यसैगरी आइपीओमा संस्थागत लगानीकर्ताहरुलाई पूर्ण रुपमा बन्देज छ, तर कहिलेकाहीँ संस्थागत लगानीकर्ताले समेत आइपीओ आवेदन गर्ने हुनाले आवेदन रद्ध हुन्छ । उपर्युक्त तथ्यांक निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले रुजु गरिसकेपछि मात्र आइपीओ बाँडफाँडका लागि योग्य हुनेछ ।

यो कम्पनीको आइपीओ अर्को साता बाँडफाँड गर्ने क्यापिटलको तयारी छ ।