ANI
काठमाण्डौ । छिमेकी मुलुक भारतमा यही जनावरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ।
स्वास्थ्य मन्त्रालयले पहिलोचरणमा प्राथमिकताका आधारमा करिब ३ करोड स्वास्थ्यकर्मी र फ्रन्टलाइन वर्करलाई भ्याक्सिन लगाइने जनाएको छ।
भारतमा कोरोना भ्याक्सिनको दोस्रो ड्राई रन गत शुक्रबारबाट सुरु भइसकेको छ। यसबाट भारतका सबै जिल्लामा खोप अभियानको पूर्वाभ्यास गराउने प्रक्रियाको थालनी भइसकेको छ।
निर्धारित प्रोटोकलका अनुसार सबैभन्दा पहिले स्वास्थ्यकर्मी अर्थात चिकित्सक, नर्स, प्यारामेडिक्स र स्वास्थ्यसँग जोडिएका अन्य मानिसलाई खोप लगाइनेछ। यिनीहरुको संख्या भारतमा १ करोडको हाराहारीमा रहेको अनुमान गरिएको छ।
दोस्रो चरणमा करिब २ करोड फ्रन्टलाइन वर्कर अर्थात देशका प्रहरी, प्यारामिलिटरी फोर्स, सेना, सेनिटाइजेसन वर्करलाई खोप लगाइनेछ।
दोस्रो चरणमा अन्य रोगबाट ग्रस्त रहेका ५० वर्षमाथि र कम उमेर समूहका मानिसलाई खोप लगाइने मन्त्रालयले जनाएको छ। भारतमा यो समूहका मानिसको संख्या करिब २७ करोड रहेको मन्त्रालयले जनाएको छ।
भारत सरकारको योजनाअनुसार भ्याक्सिन पहिला निर्माता कम्पनीहरुबाट करनाल, मुम्बई, चेन्नई र कोलकातामा रहेका चार ठूला कोल्ड स्टोर केन्द्रहरुमा पुर्याइनेछ। त्यहाँबाट ३७ राज्यमा सञ्चालित स्टोरहरुमा पठाइनेछ। अनिमात्र खोपलाई जिल्लास्तरका स्टोरसम्म पुर्याइनेछ। त्यसपछि खोप लगाउन सुरु गरिनेछ। – एजेन्सी
17 minutes ago
27 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
14 hours ago
14 hours ago
14 hours ago