काठमाण्डौ । जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि जारी गरेको आइपीओ बाँडफाँड भएको छ । 

सेयरको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच आइपीओ बाँडफाँड गरिएको हो। 

जसअनुसार ४३ हजार २९९ जनाले १० कित्ताको दरले सेयर पाएका छन्।

यो कम्पनीले सर्वसाधारणका लागि ४ करोड ३२ लाख ९९ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेको थियो । 

बैशाख २७ गतेदेखि ३१ गतेसम्म आइपीओमा आवेदन माग गरिएकोमा ३ लाख ३४ हजार ८७४ जनाले ६० लाख ७९ हजार १४० कित्ता माग गर्दै आवेदन दिएका थिए । 

परेका आवेदनमध्ये ६७७ आवेदन रद्ध भएको थियो । यसरी कुल ३ लाख ३४ हजार १९७ सदर आवेदकबाट ६० लाख ६६ हजार ५८० कित्ता माग भएको देखिन्छ । 

यसरी हेर्दा यो कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये २ लाख ९६ हजार ८९८ आवेदक रित्तो हात भएका छन् । 

तल दिइएको सूचिबाट आफ्नो नाम खोज्नुहोस् । रिजल्टको सूचिको माथिल्लोतर्फको दायाँभागमा रहेको एयउ(इगत मा क्लिक गर्नुहोस्, रिजल्टको सूचि गुगल ड्राइभमा खुल्नेछ र त्यहाँ कन्ट्रोल एफ हानेर सर्च अप्सनमा पुग्नुहोस् । सर्च अप्सनमा गएर आफ्नो नाम टाइप गरी रिजल्ट पत्ता लगाउनुहोस् । वा, यो फाइल डाउनलोड गरेर समेत तपाईले आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ ।