काठमाण्डौ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग्ने निर्णय गरेको हो। 

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलगनतामा करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न गठित समितिको आज पहिलो बैठक बसेको थियो। बैठकले समितिले तयार पारेको कार्यविधि पारित गरेको छ। समितिको सभापति चयन भने आजको बैठकले गर्न सकेन।

समितिको बैठक भोलि बुधबार पनि बस्नेछ। समितिलाई छानबिन कार्य सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।