काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले नेपाल प्रहरीको फरेन्सिक विज्ञहरुका सीसीटीभी फुटेजका विषयमा छलफल गर्ने भएको छ। 

प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसहित विवरणका विषयमा विज्ञहरुसँग समितिले छलफल गर्ने भएको हो। यसका लागि अपराह्न ४ बजे बैठक डाकिएको छ। 

समितिको आज बिहान ८ बजे बैठक बसेको थियो। बैठकमा प्रहरी फरेन्सी ल्याबाट प्राप्त सीसीटीभी फुजेट हेरिएको थियो। तर सीसीटीभी फुटेजमा गत जेठ १४ गतेकै भिडियो छ वा छैन भन्ने विषयमा फरेन्सिक विज्ञसँग छलफल गर्न लागिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए। ‘यो प्राविधिक विषय भएकोले फरेन्सिक विज्ञहरुसँग परामर्श गर्न लागिएको हो’, उनले भने। 

शर्मामाथि छानबिन गर्न गत असार २२ मा विशेष समिति गठन भएको थियो। सोही दिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।