काठमाण्डौ । आफूले पाएको उपहारहरु कलेक्सन(जम्मा) गरेर राख्ने बानी कत्तिको छ तपाइँको ? यदि छैन भने अबदेखि यो बानीको विकास गर्न सुरु गरिहाल्नुस् ।
बेलायतमा एक व्यक्तिले आफ्नो बर्थडेमा उपहार स्वरुप पाएको ह्विस्की जम्मा गरेर लखपति बनेका छन् । बेलायतका २८ वर्षीय ती युवकले आफ्नो प्रत्येक बर्थ डेमा बुवाबाट उपहारस्वरुप पाएको ह्विस्की जम्मा गर्ने गरेका थिए । अहिले उनले जम्मा भएको त्यो ह्विस्कीको कलेक्सनलाई ५७ हजार ३६३ डलरमा बिक्री गरेका छन् । उनले ह्विस्की बिक्रीबापत प्राप्त गरेको रकमबाट घर खरीद गरेका छन्।
दक्षिण बेलायतको सोमरसेटमा बसोबास गर्ने २८ वर्षीय म्याथ्यु रोबसनलाई उनका बुवाले जन्मेदेखि नै प्रत्येक वर्ष म्याकालेन सिंगल माल्ट नामक ह्विस्की दिने गरेका थिए ।
उनका बुवा पेटे रोबसनले जन्मदिनमा ह्विस्की दिने चलन उनका जेठा दाजुको जन्मदिनबाट सुरु गरेका थिए । यो चलन उनको बहिनीको जन्मदिनमा पनि लागू गरिएको थियो । रोबसनका बुवाले उनको प्रत्येक जनमदिनका लागि ह्विस्की उपहार दिनलाई ५ हजार पाउण्ड खर्च गरेका थिए ।
पेटे रोबसनले आफ्ना छोराछोरीका लागि उनीहरुको १८ औँ जन्मदिनमा १८ वटा ह्विस्की दिने योजना बनाएका थिए । तथापि उनी एक वर्ष भने ह्विस्की खरीद गर्न चुकेका थिए र उपयुक्त बोतल खरीद गर्नका लागि महिनौं लगाएका थिए । यस क्रममा उनले ह्विस्कीको मूल्य दोब्बरले बढेको महसुस गरे र यसमा लगानीको अवसर देखे ।
सिएनबीसीलाई अन्तर्वार्ता दिंदै पेटेले भने, “त्यतिबेलाको केही चतुर्याईं र भाग्यले यतिबेला राम्रो प्रतिफल दिएको छ ।”
यसका साथै उनले आफूले उपहारस्वरुप दिएको ह्विस्कीको बोतल खोल्न नपाउने कडा नियम बनाएको बताए ।
रोबसनले ४० हजार डलरभन्दा बढीका लागि संग्रह सूचिबद्ध गरेका थिए र ओभरसिज खरीदकर्ताले ४४ हजार दिने प्रस्तावलाई स्वीकार गरेका थिए ।
म्याकालन ह्विस्कीको मूल्य अहिले करीब ३ सय पाउण्ड पर्ने गर्दछ । रोबसनका बुवाले यो ह्विस्की खरीद सुरु गर्दा प्रतिबोतल २१ पाउण्ड परेको थियो ।
रोबसनले यो अनुभवबाट पाठ सिकेर अहिले थोरै रकमलाई जम्मा गरेर आफैंले ह्विस्की संग्रह गर्न थालेको बताएका छन् ।
सिएनबीसीबाट भावानुवाद
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago