काठमाण्डौ । जमिन खन्ने क्रममा अचानक दुईजनाले करिब ५० करोड रुपैयाँबराबरको खजाना हात परे। उनीहरुले प्राचीन सुनका सिक्का र सुनचाँदीका सिक्री, औँठीलगायत गरगहना गहनाहरु जमिनमुनिबाट फेला पारे। तीमध्ये धेरै छैटौँ शताब्दीका थिए। तर, उनीहरुले फेला पारेका खजाना सरकारलाई हस्तान्तरण गर्नुको सट्टा बजारमा बेचे र करोडौँ रुपैयाँ कमाए।
यो घटना बेलायतको हेरफोर्डशायरको हो। अहिले खजाना फेला पार्ने ती व्यक्तिहरुलाई अदालतले दोषी ठहर रकम असुली र जेल सजाय तोकेको छ।
डेली मेलका अनुसार ती व्यक्तिहरुले मेटल डिटेक्टरको साथ २०१५ मा हेरफोर्डशायर फार्मल्यान्डमा यो खजाना पत्ता लगाएका थिए। यो निजी सम्पत्ति थियो। तर, उनीहरुले त्यो खजानाका बारेमा उक्त सम्पत्तिका मालिकलाई पनि बताएनन्।
ती व्यक्तिहरुले फेला पारेको खजाना बाहिर बजारमा बेचे। तर, ट्रेजर ऐन १९९६ अन्तर्गत उनीहरुले यो जानकारी प्रशासनलाई दिनुपर्थ्यो।
सन् २०१९ मा ४१ वर्षीय जर्ज पावेल र ५४ वर्षीय लेटन डेभिस चोरी, आपराधिक सम्पत्ति लुकाउने र बेच्ने षड्यन्त्रमा दोषी पाइएका थिए। अदालतले दुवैलाई ११ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ। जसमा पावेललाई साढे ६ वर्ष र डेभिसलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो।
अहिले अदालतले यस मुद्दामा अर्को आदेश दिएको छ। यसअन्तर्गत पावेल र डेभिसले तत्काल १२ करोड पाउन्ड तिर्नुपर्नेछ। गत बुधबार वर्सेस्टर क्राउन कोर्टले सुनुवाइपछि यस्तो आदेश दिएको हो।
डेभिस र पावेलले यो रकम ३ महिनाभित्र तिर्नुपर्नेछ। यदि उनीहरुले समयमै तिर्न असफल भएमा उनीहरुलाई विद्यमान साढे ११ वर्षको सजायको अतिरिक्त ५ वर्ष ४ महिना जेल सजाय हुनेछ। –एजेन्सी
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago