काठमाण्डौ । जम्बो टोलीलाई साथमा लिएर प्रधानमन्त्री भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् । 

नेपाल एयरलाइन्सको बिमानबाट पौने ५ बजे दिल्ली उत्रिएका उनलाई स्वागत गर्न भारतीय विदेशमन्त्री सुस्मा स्वराज विमानस्थल पुगेकी थिइन । प्रमको स्वागतमा दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्याय र उपप्रमुख कृष्ण ढकाल पनि विमानस्थल पुगेका थिए । त्यहाँबाट उनी भारत सरकारबाट उच्च सम्मानसहित बस्ने व्यवस्था मिलाइएको राष्ट्रपति भवनतर्फ लागेका छन् । 

प्रम ओली आजै साँझ नेपाली दूतावासबाट आयोजना गरिएको प्रजातन्त्र दिवसको विशेष कार्यक्रममा सहभागी हुने भएका छन् । सो कार्यक्रममा ५ सय भन्दा बढी अतिथिहरुलाई निमन्त्रणा गरिएको छ । प्रम ओली राजकीय भ्रमणको क्रममा ६ दिनसम्म भारतमै रहनेछन् । 

उनी ५२ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै भारत भ्रमणका लागि प्रस्थान गरेका हुन् । उनको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेत लगायतका सरकारी कर्मचारी तथा पत्रकार सहभागी छन् । 

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्टिय विमानस्थलमा सभामुख ओनसरी घर्तीलगायतका सरकारका उच्च अधिकारीहरूले बिदाई गरेका थिए । 

जम्बो टोलीमा को-को ?
१) प्रधानमन्त्री केपी शर्मा ओली
२) प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य
३) उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा
४) अर्थ मन्त्री विष्णुप्रसाद पौडेल
५) गृह मन्त्री शक्तिबहादुर बस्नेत
६) प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल
७) राष्ट्रिय पुनर्निर्माण प्राधिकणका सिइओ सुशील ज्ञवाली
८) प्रधानमन्त्री ओलीका निजी सचिव इन्द्रप्रसाद भण्डारी
सांसदहरु
९) भानुभक्त ढकाल
१०) राजन भट्टराई
११) लालबाबु यादव
१२) हितराज पाण्डे
१३) जितेन्द्रनारायण देव
१४) बिक्रम पाण्डे
१५) सीमाकुमारी बिक
१६) भक्तबहादुर विश्वकर्मा खपाङगी
१७) शिवकुमार मण्डल केवट
१८) ऐइन्द्र सुन्दर नेम्वाङ
२०) नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी
२१) परराष्ट्र सचिव शंकरदास वैरागी
२२) उर्जा सचिव सुमनप्रसाद शर्मा
२३) बाणिज्य सचिव नइन्द्रप्रसाद उपाध्याय
२४) भौतिक पूर्वाधार तथा यातायात सचिव अर्जुन कुमार कार्की
२५) प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार गोपाल खनाल
२६) लगानी बोर्डका सिइओ राधेश पन्त
२७) परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश कुमार सुवेदी
२८) चिफ अफ प्रोटोकल रमेशप्रसाद खनाल
२९) अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल
३०) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फनिन्द्र गौतम
३१) प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद कुमार सिंह
३२) प्रधानमन्त्री ओलीका निजी चिकित्शक डा. दिव्या सिंह
३३) प्रधानमन्त्री ओलीका निजी सचिव राजेश बज्राचार्य
३४) परराष्ट्र मन्त्रालयका उपसचिव भरतकुमार रेग्मी
३५) प्रधानमन्त्री ओलीका अंग रक्षक भुवन खत्री
३६) सुरक्षा अधिकृत डिसपी सन्तोष तामाङ
३७) परराष्ट्र मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद ओडारी
३८) प्रोटोकल अफिसर चक्रकुमार सुवेदी
३९) सहयोगी शितल बज्राचार्य
भारतका लागि नेपाली दूतावासका प्रतिनिधिहरु
४०) राजदूत दीपकुमार उपाध्याय
४१) कार्यकारी प्रमुख कृष्णप्रसाद ढकाल
४२) ढुन्डिराज पोखरेल
४५) तिर्थराज वाग्ले
पत्रकारहरु
४६) नेपाल टेलिभिजनका रवीचन्द्र पराजुली
४७) नेपाल टेलिभिजनका क्यामेरा म्यान पुरुशोत्ताम घिमिरे
४८) राष्ट्रिय समाचार समितिका प्रतिनिधि प्रकाश सिलवाल
४९) दृष्टी साप्ताहिकका प्रमुख सम्पादक शम्भु श्रेष्ठ
५०) रेडियो नेपालका प्रतिनिधि गोविन्द चिमोरिया
५२) स्टील फोटोग्राफर आनन्दराम डंगोल
(करिब डेढ दर्जन व्यवसायी र उद्योगी समेत नयाँ दिल्ली गएका छन् । सरकारले पहिला सबै टोलीको खर्च व्यवस्थापन सरकारी कोषबाट नहुने र उद्योगी व्यवसायी तथा केही पत्रकार आफ्नै खर्चमा जाने बताए पनि बिहीबार परराष्ट मन्त्रालयले दिल्लीस्थित दूतावासलाई निर्देशन दिंदै भ्रमण टोलीका सबैको खानेबस्ने, यातायातको खर्च व्यवस्थापन गर्न निर्देशन दिएको थियो । योसँगै प्रमको भारत भ्रमणको नाममा लाखौं रुपियाँ सरकारी कोषबाट खर्च हुने भएको छ।)