काठमाण्डौ । जर्मनीको अर्थतन्त्रमा मन्दी आएको छ। यो वर्षको पहिलो त्रैमासिक प्रतिवेदनले जर्मनीको अर्थतन्त्रमा मन्दी आएको देखाएको हो।
उक्त प्रतिवेदनअनुसार जर्मनीको जीडीपीमा ०.३ प्रतिशतले गिरावट आएको छ। जर्मनीको कुल आन्तरिक उत्पादनमा गिरावट आउँदा यसको असर जीडीपीमा परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। योसँगै जर्मनीको अर्थतन्त्रमा मन्दी आएको उनीहरुको ठम्याइ छ।
रुस र युक्रेनको युद्धका कारण हाल युरोपेली अर्थतन्त्र दबाबमा रहेको बताइएको छ। युक्रेनमा आक्रमण गरेपछि युरोपेली देशहरुले रुससँगको व्यापार सम्झौता भंग गरेका थिए।
पछिल्लो समय जर्मनीको अर्थतन्त्र अघिल्लो वर्षको अन्तिम त्रैमासतिर मन्दीमा फसेको बताइएको छ। आउने त्रैमासमा पनि जर्मनीको अर्थतन्त्र मन्दी कायमै रहने अर्थविद्हरुको आँकलन रहेको छ।
यो तथ्यांकसँगै आज युरोपेली सेयर बजारमा गिरावट आएको छ। यो समाचार तयार पार्दासम्म जर्मनीको ड्याक्स, फ्रान्सको क्याक र इटालीको फुट्सी मिब तथा यूकेको फुट्सी १०० मा गिरावट आएको छ।
उता अमेरिकी बजारमा पनि डेब्ट सिलिङ बढ्दै जाँदा बुधबारको कारोबारमा गिरावट आएर बन्द भएको छ। पछिल्लो समय बिट्क्वाइनमा पनि गिरावट आएको छ। बिट्क्वाइन २६ हजार २४० डलरमा कारोबार भइरहेको छ। –एजेन्सी
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago