काठमाण्डौ । कोरोना संक्रमण अझै फैलिएको छ। यसका धेरै प्रकार छन्। विश्वभर लाखौँ मानिसको मृत्यु भइसकेको छ। करोडौँ मानिस बिरामी परिसके। 

कसैले कोरोनाभाइस चमेरोबाट आएको बताएका छन्। कसैले अन्य चराहरुबाट भनेका छन्। 

अब संसारमा कोरोनाभन्दा पनि भयानक महामारीहरु आउन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन्। ती महामारी कुनै पनि प्राणीबाट भने आउने छैनन्। ती भाइरस पग्लिने हिमनदीहरुमुनिबाट आउनेछन्। 

धेरै प्राचीन ब्याक्टेरिया र भाइरस हिमनदीहरुमुनि दबिएका छन्। यदि तिनीहरु बाहिर आए भने पृथ्वीमा विनाश निम्त्याउने वैज्ञानिकहरुले चेतावनी दिएका छन्। ती भाइरसले समुद्री जीवका साथै चरा र अन्य जीवहरु संक्रमित गर्नेछन्। पछि मानिसहरु पनि संक्रमित हुनेछन्।

बढ्दो विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनका कारण हिमनदीहरु पग्लिरहेका छन्। ब्याक्टेरिया र भाइरसहरु लाखौँ वर्षदेखि यी हिमनदीहरुमुनि दबिएका छन्। ती ब्याक्टेरिया र भाइरसले त्यहाँ प्रजनन बढाइरहेका छन्। 

एउटा नयाँ अध्ययनले आर्कटिकको हिमनदी तालहरु खतरनाक महामारी फैलाउन सक्ने ब्याक्टेरिया र भाइरसहरुको प्रजनन केन्द्र भएको खुलासा गरेको हो। त्यहाँबाट निस्कने भाइरसले भयानक महामारी फैलाउने निश्चित रहेको अध्ययनले देखाएको छ। 

हालै वैज्ञानिकहरुले आर्कटिक सर्कलको उत्तरमा अवस्थित लेक हेजेनको अध्ययन गरेका थिए। उनीहरुले त्यहाँको माटो र फोहोरको जाँच गरे। त्यहाँबाट डीएनए र आरएनए लिएर सिक्वेन्सिङ गरे। ता कि भाइरस वा ब्याक्टेरिया पत्ता लगाउन सकिन्छ। कम्प्युटर एल्गोरिदममार्फत यो पत्ता लगाउन कोसिस गरिएको थियो कि कुन भाइरस जनावरहरुको हो र कुन रुख तथा बिरुवा हो? त्यो क्षेत्रमा रहेको फंगसमा कुन–कुन हुन्। त्यसपछि थाहा भयो कि त्यहाँबाट भाइरस लिक हुने खतरा धेरै छ। तिनीहरु समुद्री जीवहरुबाट भूमिमा जनावरहरु र त्यसपछि मानिसहरुमा जान सक्छन्।

प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बीमा प्रकाशित प्रतिवेदनका अनुसार हिमनदी पग्लिएसँगै यी भाइरसहरु फैलिने खतरा बढ्नेछ। यी सबैको कारण जलवायु परिवर्तन हो। जलवायु परिवर्तनका कारण विभिन्न प्रजातिका जनावरहरुमा भाइरल भेक्टरहरु परिवर्तन भइरहेका छन्। उच्च उचाइ आर्कटिक क्षेत्रहरु नयाँ महामारीको केन्द्र बन्न सक्छ। 

वैज्ञानिकहरुले भाइरसको उत्पत्ति र विकास र यसको होस्टको अध्ययन गरे। भाइरसबाट महामारी फैलिने खतरा रहेको थाहा भयो।

विश्वको तापक्रम जसरी बढ्दै गइरहेको छ, त्यो नै वैज्ञानिकहरुको सबैभन्दा ठूलो डर हो। हिमनदीहरु तीव्रगतिमा पग्लिएपछि त्यस्ता प्राचीन भाइरस र ब्याक्टेरियाबाट महामारी फैलिने जोखिम बढेको छ। किनकि जलवायु परिवर्तनका कारण आर्कटिकको माइक्रोबायोस्फियर परिवर्तन हुनेबित्तिकै ती सबै ब्याक्टेरिया र भाइरसहरु बाहिर आउनेछन् ती ब्याक्टेरिया र भाइरसले आफ्नै लागि नयाँ होस्टहरु फेला पार्नेछन्। नयाँ होस्टहरु अर्थात ती जीवहरु जसमा तिनीहरु बाँच्न सक्छन्। आफूलाई विस्तार गर्न सक्छन्। जसरी कोरोनाले मानव शरीरमा काम गरिरहेको छ। 

कुनै पनि महामारीका लागि प्रत्यक्ष रुपमा मानिस जिम्मेवार छैनन्। तर, मानिसका कारण तापक्रम बढिरहेको छ। यस अवस्थामा हिमनदीहरु पग्लिरहेका छन्। –एजेन्सी