काठमाण्डौ । टेस्ला कम्पनीका मालिक एलन मस्कले गएको वर्ष करिव २ अर्ब डलर बराबर सेयर चन्दाको रुपमा दान गरेका छन् । 

यस्तो चन्दा मस्कले गएको अगष्टदेखि डिसेम्बरभित्रमा दिएको बताएका हुन् । 

टेस्ला कम्पनीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । इलेक्ट्रिकल कार  निर्माता टेस्ला कम्पनीका मालिक एलन मस्कले सन् २०२१ मा पनि करिब ६ अर्ब डलर बराबरको टेस्ला कम्पनीकोसेयर नै दान गरेका थिए । 

उनले यस्तो दान स्कूल तथा अन्य टेक्सास शहरमा पुनरनिमार्णको कार्यमा चन्दा दिएका थिए । एलन मस्कले केही समय पहिले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका थिए । उनका अलोचकहरुले मस्कले पछिल्लो समय कार कम्पनीमा भन्दा ट्वीटरमा बढी समय बिताएको आरोप लगाएका छन् ।