काठमाण्डौ । मुस्ताङको थासाङ गाउँपालिका वडानम्बर २ स्थित सानुसुरे भन्ने ठाउँको १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त भएको तारा एयरको विमानमा यात्रा गर्ने सबै २२ जनाकै मृत्यु भएको छ । 

उद्धार टोलीले दुर्घटनाग्रस्त क्षेत्रमा पुगेर शवहरु संकलन गर्ने काम गरिरहेको छ । शवलाई पहिला पोखरा लगिने भनिएकोमा सो निर्णय परिवर्तन सबै शव काठमाण्डौ ल्याउने तयारी भइरहेको छ । 

हिजो पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान हराएको थियो । हराइरहेको विमान आज विहान भेटिएको थियो । 

घटनास्थलमा उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीले हामीलाई त्यहाँको भिडियो खिचेर पठाएका छन् । उनले पठाएका भिडियो जस्ताको तस्तै हालिएको छ ।