काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा चैत मसान्तसम्ममा मात्र गर्ने भएको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकलाई हिजो सोमबार पत्र पठाउँदै कम्पनीको वार्षिक साधारणसभा चैत मसान्तभित्र गर्ने उल्लेख गरेको हो। 

कम्पनीको बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाइ भएको हुनाले गत आर्थिक वर्षको वार्षिक साधारणसभा यही पुस मसान्तभित्र सम्पन्न गर्न नसकिएको कम्पनीले स्पष्ट पारेको छ। 

यसबारे कम्पनीले बोधार्थ नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ तथा सनराइज क्यापिटल लिमिटेडलाई पनि गरेको छ।