काठमाण्डौ । अमेरिकी डलरको तुलनामा जापनिज येन पनि कमजोर बन्द गएको छ।
पछिल्लो समय महँगी नियन्त्रण गर्न अमेरिकाको फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाएको छ। जसका कारण डलर अन्य देशको मुद्राको तुलनामा बलियो बनेको छ।
सोमबार १ डलरका लागि १४५ जापनिज येन खर्च गर्नुपर्ने भएको छ। जुन डलरको तुलनामा जापनिज येन २४ वर्षयताकै सस्तो हो।
जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले येन थप कमजोर भएमा सामना गर्न तयार रहेको धारणा सार्वजनिक गरेको थियो। सोही कारणले पनि जापनिज येनमा गिरावट आएको जानकारहरु बताउँछन्।
डलरसँगै जापनिज येन नेपाली मुद्राको तुलनामा पनि कमजोर बनेको छ। राष्ट्र बैंकले सोमबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दरअनुसार १० जापनी येनबराबर ९.०७ रुपैयाँ तोकिएको छ। १ डलरका लागि नेपालीले १३२.०२ रुपैयाँ तिनुपर्नेछ।
भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर कायम गरिएको छ। जसका कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा पनि प्रभावित बनेको छ।
15 minutes ago
34 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago