काठमाण्डौ । जापानका एक व्यक्ति ‘निन्जा’ (एक किसिमको मार्सल आर्ट्स) कलामा मास्टर्स डिग्री हासिल गर्ने विश्वकै पहिलो छात्र बनेका छन्। 

जापानका ४५ वर्षीय जिनिची मित्सुुहासिल ती भाग्यमानी छात्र हुन्। उनले मार्सल आर्ट्सको आधारभूत कलाहरुका साथै सजिलैसँग पहाडहरु कसरी चढ्ने भन्ने विषयको ग्रयाजुुएट सकेपछि निन्जामा मास्टर्स डिग्री हासिल गर्ने विश्वकै पहिलो र एक्लो व्यक्ति बनेका हुुन्। 

मित्सुुहासिले निन्जा कलाको इतिहास, परम्परा र युुद्धकलासम्बन्धी दुुई वर्ष अध्ययन गरेर जापानको मिई युुनिर्भसिटीबाट मास्टर्स डिग्री हासिल गरेको हुुन्। निन्जाहरुलाई प्राचीन जापानको एक रहस्यमयी एजेन्टका रुपमा चिनिने गरिन्छ। जो छापामार, जासुसी हत्या, गुुरिल्ला युुद्धमा पोख्त हुुने गर्दछन्। यिनीहरु १४ औँ शताब्दीदेखि जापानमा उदाएका थिए। 

मित्सुुहासीले निन्जाहरु आत्मनिर्भर किसानहरुसमेत भएको उल्लेख गरेका छन्। उनी निन्जाहरुले आफ्नो जीवन कसरी जिउँथे भनेर अध्ययन गर्न  राजधानी टोक्योबाट २२० माइल टाढा रहेको जापानको पहाडी प्रदेश इगामा गएको बताए। ‘निन्जाहरु इगा प्रदेशमा बसोबास गर्ने गर्दथे। निन्जाहरु उत्पादन गर्न त्यहाँको वातावरणले एकदमै महत्वपूर्ण भूमिका खेलेको पाइन्छ’, उनले भने। 

मित्सुुहासीले इगामा आफैँले धान र तरकारीहरु उब्जाउने गर्दछन् र एउटा स्थानीय आश्रमस्थलसमेत सञ्चालन गरेका छन्। उनले आफ्नै डोजोमा मार्सल आर्ट र निन्जुुस्तुुसमेत सिकाउने गरेका छन्। 

मिई युुनिभर्सिटीले इगा प्रदेशमा निन्जा अनुुसन्धान केन्द्र स्थापना गरेको एकवर्षपछि अर्थात सन् २०१८ मा निन्जा अध्ययनका लागि मास्टर्स डिग्रीको सुुरुआत गरेको थियो। अध्ययनका क्रममा विद्यार्थीहरुलाई निन्जाको इतिहासका साथै परम्परागत युुद्ध र जीवनरक्षा कला सिकाइन्छ। यसमा मार्सल आर्ट र कठिन पहाडहरु चढ्नसमेत सिकाइन्छ। निन्जा स्टडीका प्राध्यापक युुजी यामाडाले मित्सुुहासी लगनशील विद्यार्थी भएको बताए। मित्सुुहासीले आफूले अझै यस विषयमा विद्यावारिधि गर्न चाहेको र यो कार्सले आफूलाई वर्तमान र विगतको धेरै कुुराको ज्ञान हासिल गर्न सहयोग पुुर्याएको बताए। – एजेन्सी