काठमाण्डौ । जापानको सेयर बजार ३ दशकयताकै उच्च विन्दु पुगेको छ।
यो समाचार तयार पार्दासम्म जापानको सेयर बजार सूचक ‘निक्की २२५’ ३०८०१ को विन्दुमा कारोबार भइरहेको छ। यो विन्दु जापानको सेयर बजारले चुमेको ३३ वर्षयताकै उच्च हो।
जापानको सेयर बजार उच्च स्तरमा पुग्नुको मुख्य कारण विदेशी लगानीकर्ता पुनः आकर्षित हुन थाल्नु नै रहेको बताइएको छ। अमेरिकी र युरोपेली देशहरुमा मन्दीको खतरा बढ्दै जानु र त्यहाँका सेयर बजारमा अनिश्चितता बढ्नुले जापानको सेयर बजारमा विदेशी लगानीकर्ताहरु झुम्मिन थालेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
योसँगै बर्क शायर हाथवेका सीईओ वारेन बफेटले जापानको सेयर बजारमा आफ्नो होल्डिङ पनि बढाएका छन्। –एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago