काठमाण्डौ । द हेन्ले पासपोर्ट सूचांकले यो वर्षको संसारकै राम्रा र खराब पासपोर्टको सूची जारी गरेको छ।
द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पार्छ। जसअनुसार संसारकै राम्रो पासपोर्टमा जापान पहिलो नम्बरमा परेको छ। जापानको पासपोर्टबाट सबैभन्दा १९१ देश सहजै जान पाइन्छ।
त्यस्तै १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ। तेस्रो नम्बरमा दक्षिण कोरिया र जर्मनी परेका छन्। यी दुवै मुलुकको पासपोर्टबाट १८९ देश जान मिल्ने द हेन्लेले जनाएको छ।
चौथोमा इटाली, फिनल्यान्ड, स्पेन र लक्जेम्बर्गका पासपोर्ट परेका छन्। यी चारै मुलुकका पासपोर्टबाट १८८ देश सहज जान सकिन्छ।
यो वर्ष पाँचौँ नम्बर डेनमार्क र अस्ट्रियाका पासपोर्ट परेका छन्। यी दुवै पासपोर्टबाट १८७ देश जान सकिन्छ।
यो सूचीको छैटौँ स्थानमा स्विडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यान्ड्स र आयरल्यान्ड परेका छन्। यी देशका पासपोर्टबाट १८६ देश जान सकिन्छ।
यसपालि सातौँ नम्बरमा स्विट्जरल्यान्ड, युके, अमेरिका, नर्वे, बेल्जियम र न्युजिल्यान्ड परेका छन्। यिनीहरुको पासपोर्टधारी १८५ देश सहजै जान सक्छन्।
विश्वका १८४ देश सहज जान सकिने हुनाले आठौँमा ग्रिस, माल्टा, चेक रिपब्लिक र अस्ट्रेलिया परेका छन्। नवौँमा क्यानडाको पासपोर्ट रहेको छ। यो देशको पासपोर्टबाट १८३ देश जान सकिन्छ। दसौँ स्थानमा १८१ देश सहजै जान सकिने हंगेरीको पासपोर्ट परेको छ।
द हेन्ले पासपोर्ट सूचांकले ४० भन्दा कम देशमा जान पाउने पासपोर्टलाई सबैभन्दा खराब सूचीमा राख्छ। उत्तर कोरिया, नेपाल र लिबियाका पासपोर्ट छन्। त्यस्तै प्यालेस्टाइनी क्षेत्र, सोमालिया र यमन पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान पनि खराब पासपोर्टको सूचीमा परेका छन्। – एजेन्सी
4 minutes ago
14 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
14 hours ago
14 hours ago
14 hours ago