काठमाण्डौ। कोरानाभाइरसबाट संक्रमित जापानका चर्चित हास्य कलाकार केन शिमुराको आइतबार राति मृत्यु भएको छ।
जापानका समाचार एजेन्सीहरुले शिमुराको कोरोनाभाइरसबाट मृत्यु भएको सोमबार बिहान पुष्टि गरेका हुन्। शिमुरा जापानका सबैभन्दा अब्बल हास्य कलाकार थिए।
शिमुरा आफ्नो करिअरको सुरुआत २० को दशकमा गरेका थिए।
शिमुरालाई गत मार्च २० मा ज्वार र निमोनियाबाट ग्रसित बनेपछि अस्पताल भर्ना गरिएको थियो। मार्च २३ मा शिमुरामा कोरोना पोजेटिभ देखिएको थियो। जापानमा कुनै सेलिब्रेटीमा कोरोनाभाइरसको संक्रमण देखिएको यो पहिलो घटना हो।
शिमराको वास्तविक नाम सुनोरी शिमुरा हो। उनले ७०–८० को दशकमा आफ्नो हास्य कलाले जापानका घरघरमा नाम कमाएका थिए। उनले केही लोकप्रिय टीभी शो जस्तै Hachijidayo Zeninshugo, Tensai! Shimura Dobutsuen Hachijidayo Zeninshugo, Tensai! Shimura Dobutsuen लगायतमा पनि काम गरेका थिए।
कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर झन्डै ३४ हजार मानिसको ज्यान गइसकेको छ भने ७ लाख २२ हजारभन्दा बढी मानिस बिरामी परेका छन्।
21 minutes ago
23 minutes ago
29 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago