काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको आइतबार (जेठ १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ४ गते आयोजना गर्ने निर्णय गरेकोहो। सभा रुपन्देहीको तिलोत्तमा नपा–१ ड्राइभरटोलस्थित द एसआर होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।
संस्थाको जारी र चुक्तापुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago