काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

संस्थाले समीक्षा अवधिमा ४० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ४४३.२२ प्रतिशतले बढेर ४१ करोड ५३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ७ करोड ६४ लाख रुपैयाँमा सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी ३२.६५ प्रतिशतले बढेर ८० करोड ३० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६० करोड ५३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले १० अर्ब ४३ करोड रुपैयाँ सापटी लिई २२ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८ अर्ब ८९ करोड रुपैयाँ सापटी लिई १८ अर्ब १७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँ संस्थाले रिजर्भको ७४.४० प्रतिशतले बढाएर १ अर्ब ७२ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ९८ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

संस्थाले खराब कर्जा (एनपीएल) मा सुधार गर्दै ०.७५ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल ०.९५ प्रतिशत रहेको थियो।

संस्थाको प्रतिसेयर आम्दानी ईपीएस १३२.०४ रुपैयाँ, पीई रेसियो ३४.२३ गुणा र प्रतिसेयर नेटवर्थ ३८३.०७ रुपैयाँ रहेको छ।