काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी अजोड र युनाइटेड इन्स्योरेन्सले यही जेठ १४ गतेबाट एकीकृत निर्जीवन कारोबार सुरु गर्ने भएका छन्। 

अब ‘युनाइटेड अजोड इन्सुरेन्स’को नामबाट एकीकृत कारोबार भएको छ। यी कम्पनीको मर्जरलाई नेपाल बीमा प्राधिकरणले जेठ २ गते, कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयले जेठ ८ गते र नेपाल धितोपत्र बोर्डले जेठ ९ गते अन्तिम स्वीकृति प्रदान गरेका थिए। 

यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गरिसकेको छ। मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नेछन्। 

युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको सुन्धारामा रहनेछ।