काठमाण्डौ । एनसेलका ग्राहकले अब बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन(एलटिई) सेवाको मजा लिनसक्ने छन् । 

देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा  ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम   आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउन फोरजी सेवा सुचारु गरेको गरेको जनाएको छ । 

फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले यही बिहीबार (जेठ १८)बाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभ लिन सक्नेछन् । प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको होे, जसले बहुप्रतिक्षित उच्चस्तरीय डेटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्ने छ ।   

“हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं ।  यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ । हामीमा विश्वास गर्ने सबै प्रति हामी आभारी छौं । प्रविधि तटस्थताकाको उच्चतम सदुपयोग गर्दै डिजिटल नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि योगदान पु¥याउन हामी कटिबद्ध छांै,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने ।

यसै प्रतिबद्धता बमोजिम एनसेलले आगामी ७ महिना सम्ममा (अर्थात् सन् २०१७ को अन्त्य सम्ममा) कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरिरहेको छ ।

फोरजी/एलटिई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । 

फोरजी सेवाको लाभ लिन ग्राहकले आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम(युसिम)सँग निःशुल्क साट्न सक्छन् । नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्नेछन् । 

नयाँ प्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अबसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन समयावधि रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् । 

यसबाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने छ । 

फोरजी प्रविधिले ग्राहकलाई अझ उच्च गतिको मोबाइल डेटामा पहुँचको सुनिश्चितता गर्नुका साथै नयाँ व्यवसायिक अवसरहरुको सिर्जना गर्दै लोकल कन्टेन्टको विकास तथा प्रयोगलाई पनि बढाउनेछ । 

जुन मर्म र उद्देश्यका साथ प्रविधि तटस्थता प्रदान गरिएको छ, त्यसको उच्च सम्मान गर्दै, कम्पनीले सन् २०१७ भित्र कुल जनसंख्याको १५ प्रतिशत नागरिकमा फोरजीको पहुँच सुनिश्चित गरी ग्राहकले त्यसको प्रत्यक्ष लाभ लिन सक्ने गरी तदारुकताका साथ एलटिई सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । 

“देशका विभिन्न भागमा क्रमशः एलटिई उपलब्ध गराउँदै राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्यहरु हासिल गर्नका लागि योगदान पु¥याउन हामी प्रतिबद्ध छौं,” पर्किन्स्ले भने । 

ब्रोडब्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँ विकास समितिहरुमा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ । हाल एनसेलले १ करोड ५० लाख भन्दा बढी ग्राहकलाई गुणस्तरीय मोबाइल सेवा र ६० लाख भन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गर्दै आएको छ । एनसेलले सन् २०१० देखि नै फोरजी/एलटिई संचालनका लागि फ्रिक्वेन्सी प्रदान गर्न अनुरोध गर्दै आएको थियो ।