काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरिएको छ। 

बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको हो। छलफलमा नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने सरकारले तयारी गरिरहेको प्रधानमन्त्री दाहालले जानकारी गराएका हुन्। 

प्रधानमन्त्री दाहालले आजबाट संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको बताएका थिए। उनले संसदमा विचाराधीन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षासमेत गरेका थिए। 

सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दल अपेक्षित सहयोग गरेकोमा खुसी व्यक्त गरेका थिए।