काठमाण्डौ । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानीको छलाङ कायमै रहेको छ। विगतमा सूचीमा एक स्थान तल आएपछि अडानीले फेरि एकपटक फड्को मारेका छन्। सम्पत्तिको हिसाबले अमेजनका जेफ बेजोसलाई पछि पार्दै अडानी फेरि विश्वका तेस्रो धनीव्यक्ति बनेका छन्। 

फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार अडानी समूहका अध्यक्ष गौतम अडानीको कम्पनीको सेयरमा भएको उछालले उनको नेटवर्थलाई असर गरेको छ। योसँगै समाचार लेख्दासम्म उनको कुल सम्पत्ति १४८.८ अर्ब डलर पुगेको छ। योसँगै अडानी फेरि शीर्ष १० धनीको सूचीमा तेस्रो स्थानमा पुगेका छन्। 

फोर्ब्सका अनुसार जेफ बेजोसको कुल सम्पत्ति १३६.७ अर्ब डलरमा झरेको छ । सम्पत्तिमा आएको यो गिरावटका कारण उनी अहिले विश्वको चौथो धनी व्यक्ति बनेका छन्। 

अडानी र बेजोसको सम्पत्तिको अन्तरको कुरा गर्ने हो भने उनीहरुको कुल सम्पत्तिमा १२.१ अर्ब डलरको अन्तर छ । यसपछि मात्र टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्क र फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट शीर्ष अर्बपतिहरूको सूचीमा गौतम अडानीभन्दा अगाडि छन्।

गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन् । त्यसपछि उनले बिल गेट्स र वारेन बफेलाई पछाडि छोडे। त्यसपछि उनको दबदबा शीर्ष १० अर्बपतिको सूचीमा बढ्दै गयो। यसअघि अडानीले फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टलाई पछि पार्दै पहिलोपटक सूचीमा तेस्रो स्थानमा प्रवेश गरेका थिए। 

ब्लुमबर्गको रिपोर्टअनुसार गौतम अडानीको कमाइ यो वर्ष उल्लेखनीय रहेको छ। उनको कम्पनीको मूल्य निरन्तर बढिरहेको छ।

टेस्लाका सीईओ एलोन मस्कले शीर्ष १० धनीहरुको सूचीमा आफ्नो वर्चस्व कायम राखेका छन्। उनी शीर्ष स्थानमा छन्। मस्कको कुल सम्पत्ति बढेर २५३.४ अर्ब डलर पुगेको छ। 

बर्नार्ड अर्नाल्ट १५४.९ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा छन्। –एजेन्सी