काठमाण्डौ । गत भदौ ३ देखि ७ गतेसम्म भृकुटीमण्डमा सञ्चालित “फर्निचर एण्ड फर्निसिङ एक्स्पो–२०१७’ मा जेम(GEM) फर्निसिङलाई बेस्ट क्राउडेड स्टल अवार्ड(धेरै अवलोकनकर्ताको भीड भएको स्टल)को अवार्ड प्रदान गरिएको छ ।
यो कम्पनीको स्टलमा सबैभन्दा धेरै दर्शकहरुले प्रदर्शनी अवलोकन गरेको आधारमा यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
राजधानीमा एक कार्यक्रमका बीच उक्त अवार्ड काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कम्पनीका प्रबन्ध निर्देशक अनिल महेश्वरीलाई प्रदान गरे ।
जेम फर्निसिङले फर्निसिङसँग सम्बन्धित उच्च गुणस्तरका सबै प्रकारका सामानहरु नेपालभर बिक्री वितरण गरिरहेको र यस अवार्डले आफ्ना उपभोक्तालाई समेत खुशी बनाएको अनिलले दाबी गरेका छन् । अवार्डको श्रेय समेत उनले आफ्ना लाखौं उपभोक्तालाई दिएका छन् ।
जेम ब्राण्ड अन्तर्गत नेपाली बजारमा एउटा फुल्ली फर्निस्ड घर तथा अफिस सजावटका लागि आवश्यक पर्दा, कार्पेट, डोरम्याट, चेयर, पार्केटिङ्ग लगायतका सम्पूर्ण उच्च गुणस्तरको सामान बजारमा प्रतिस्पर्धी दरमा उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago