काठमाण्डौ । लामो समयदेखि जेलमा रहेका रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर नगरपालिकामा सुरुवाती अग्रता लिएको छ । 

चौधरीको नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवारले सय मत गन्दा ३४ मत पाएका छन्। एमालेले १८ र कांग्रेसका उम्मेद्वारले १६ मत पाएका छन्। अघिल्लो स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेले मेयर जितेको थियो ।