काठमाण्डौ । अमेरिकाको ड्रग नियामक एफडीएले जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोना भ्याक्सिनलाई आधिकारिक रुपमा प्रयोगको अनुमति दिएको छ।

अमरिका जोन्सन एन्ड जोन्सनको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति दिने पहिलो राष्ट्र हो। फाइजर र मोडर्ना भ्याक्सिनपछि अमेरिकाले यो तेस्रो भ्याक्सिनलाई अनुमति दिएको हो। 

यो भ्याक्निको सबैभन्दा महत्वपूर्ण कुरा भनेको कोरोनाविरुद्ध यसको एक डोजमात्र लगाए हुन्छ । यसलाई सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न पनि सकिन्छ। जब कि फाइजर र मोडर्नाको भ्याक्सिनको दुई डोज लगाउनुपर्छ भने भण्डारण पनि डिपफ्रिजमा गर्नुपर्ने हुन्छ।

यही कारण जोन्सन एन्ड जोनसनको भ्याक्सिन निकै सस्तो हुने अनुमान गरिएको छ। यद्यपि यसको मूल्य हाल सार्वजनिक भएको छैन।

कम्पनीले यो भ्याक्सिनको २० करोड डोज अमेरिकामा आउँदो जुनको अन्त्यसम्म उपलब्ध गराउनेछ। बेलायत, युरोपियन युनियन र क्यानडाबाट पनि यो भ्याक्सिनको माग आएको छ। 

यसैगरी कोभ्याक्सले यो कम्पनीको ५० करोड डोज अर्डर गरेको छ ता कि गरिब देशहरुमा भ्याक्सिनलाई उपलब्ध गराउन सकियोस्। – एजेन्सी