काठमाण्डौ । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाण्डौको जोरपाटीमा पनि सहवितरण शोरुम खोलेको छ।

माघ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमको सञ्चालन दीपा इम्पेक्सले गर्नेछ। शोरुम उद्घाटन डिशहोमका तर्फवाट नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको दीपा इम्पेक्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ। 

१ हजार ५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको दीपा इम्पेक्सले अब अझ बढी ग्राहकका माझ पुग्नका लागि पनि यो नयाँ शोरुमले मद्दत गर्ने दीपा इम्पेक्सका सञ्चालक सुवास तिमिल्सिनाले जानकारी दिए।